शनिबार, चैत २८, २०८२

युरोपा लिगको फाइनलमा चेल्सी र आर्सनल भिड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-इंग्लिस क्लब चेल्सी इन्ट्राक्ट फ्रान्कफर्टलाई पराजित गर्दै युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राती भएको खेलमा इन्ट्राक्ट फ्रान्कफर्टलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो । 

अब चेल्सीले उपाधिका लागि अर्को इंग्लिस क्लब आर्सनलसँग प्रतिस्पर्धा गर्ने छ । पहिलो लेगमा इन्ट्राक्ट फ्रान्कफर्टको घरेलु मैदानमा भएको खेलमा चेल्सीले १-१ को बराबरी खेलेको थियो । त्यस्तै चेल्सीको घरेलु मैदानमा भएको दोस्रो लेगमा फ्रान्कफर्टसँग १-१ गोलको बराबरी खेलेले पछि समग्रहमा २-२ को बराबरी भएको थियो । 

आउँदो सिजनका लागि च्याम्पियन्स लिगका लागि स्थान बनाइसकेको चेल्सीले यस अघि निर्धाति सयमको खेलमा सुरुआती अग्रता लिए पनि जोगाउन नसक्दा जित आत्मसात गर्न पेनाल्टी सुटआट सम्म पुग्नु परेको हो । 

चेल्सीका लागि रुबेन लोफ्टुस चेकले २८ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा लुका जोभिकले गोल गर्दै भ्रमणकारी टोली इन्ट्राक्ट फ्रान्कफर्टलाई खेलमा फर्काए । त्यसपछि फाइनल प्रवेशका लागि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो 

पेनाल्टी सुटको प्रतिस्पर्धामा चेल्सी भाग्यमानी बन्दै आर्सनसँगको भेट पक्का गरेको हो । निर्णायक पेनाल्टीमा इडेन हजार्डले गोल गर्दै चेल्सीलाई उपाधि नजिक पुर्याउन सफल भएका हुन् । युरोपा लिगको फाइनल खेल मे २९ तारिखमा हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।