बुधबार, वैशाख २, २०८३

रोनाल्डोले राष्ट्रिय टोलीबाट नेसन्स लिग खेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
बीबीसी- स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट नेसन्स लिग खेल्ने भएका छन् । रुस विश्वकप पछि राष्ट्रिय टोली बाहिर रहेका रोनाल्डोले नेसन्स लिग क्वालिफायर्स सहित ६ अन्तर्राष्ट्रिय खेल गुमाएका थिए । 

पोर्चुगलको घरेलु मैदानमा आयोजना हुने नेसन्स लिगको सेमिफाइनल र फाइनल खेलमा उनी सहभागी हुने प्रशिक्षक फेर्नान्डो सान्तोसले बताएका हुन् । पोर्चुगलले ५ जुनमा स्विजरल्यान्डको सामना गर्ने छ । उक्त खेलमा विजयी भए पोर्चुगलले इंग्ल्यान्ड वा नेदरल्यान्डसँग खेल्ने छ । 

‘उनी आफ्नो देशका लागि खेल्न सधै तयार छन् ।’ प्रशिक्षक सान्तोसले भने, ‘टोलीको नामावली २३ मे मा सार्वजनिक गरिने भएपनि उनी सधै टोलीमा छन् ।’ शीर्ष गोलकर्ता रोनाल्डो क्वालिफायर चरणमा अनुपस्थिती थिए । 

फाइनल खेल ९ जुनमा पोर्टोमा हुने छ । सन् २००३ देखी राष्ट्रिय टोलीमा डेब्यु गरेका रोनाल्डोले हाल सम्म राष्ट्रिय टोलीका लागि सबै खाले १५६ खेल खेलेका छन् । जहाँ उनले ८५ गोल गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।