काठमाडौं- एएफसी यु-१६ फुटबल च्याम्पियनसिप छनोटको खेल तालिका सार्वजनिक भएको छ । एएफसीले बिहिबार यु-१६ फुटबल च्याम्पियनसिप छनोटको खेल तालिका सार्वजनीक गरेको हो ।
सार्वजनिक खेल तालिका अनुसार नेपाल छनोटको कठिन समुह ‘ए’मा परेको छ । नेपाल रहेको समुहमा ताजकिस्तान, जोर्डन, श्रीलंका र कुवेत रहेका छन् । समुह ‘ए’का छनोटका खेलहरु जोर्डनमा हुनेछ ।
प्रतियोगितालाई पश्चिम, दक्षिण र मध्य भागमा विभाजन गरिएको छ । छनोटमा प्रत्येक समूहको शीर्ष टोलीले प्रतियोगिताका लागि छानिनेछ । त्यस्तै चार उत्कृष्ट उपविजेताले समेत फाईनलमा स्थान बनाउनेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४