सोमबार, चैत ३०, २०८२

आर्मीलाई हराउँदै पुलिस च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
फाइल तस्बिर
ताप्लेजुङ- तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको उपाधि विभागिय टोली नेपाल पुलिसले उचालेको छ । 

बिहिबार भएको फाइनल खेलमा अर्को विभागिय टोली त्रिभुवन आर्मीलाई  ३-० को साझो सेटमा पराजित गर्दै पुलिसले उपाधि उचालेको हो । पहिलो सेट २५-१७ ले गुमाएको आर्मीले दोस्रो सेट पनि २५-१३ ले गुमाउन पुग्यो । 

त्यस्तै तेस्रो सेटमा २५-१९ ले पराजित हुँदै आर्मी उपविजेता बन्यो । च्याम्पियन बनेको पुलिसले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गरेको छ । उपविजेता आर्मीले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्यो ।

यस्तै प्रतियोगितामा व्यक्ति विधातर्फ पुलिसको वर्चश्व रह्यो । नेपाल पुलिस क्लबका कुल बहादुर थापा उत्कृष्ट खेलाडी बन्दै नगद १५ हजार प्राप्त गरे । उत्कृष्ट सर्भरमा पुलिसका विशाल बिक, सेटरमा कप्तान ईम बहादुर राना, डिफेन्डरमा भिम गाहा, ब्लकरमा दिपक राज जोशी र उत्कृष्ट प्रशिक्षक पुलिसकै सरोज श्रेष्ठ चुनिए ।

उत्कृष्ट स्पाइकरमा आर्मीका धन बहादुर भट्ट चुनिए । उत्कृष्ट हुनेले जनही ७/७ हजार नगद प्राप्त गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।