एजेन्सी- पेरिस सेन्ट जर्मन (पिएसजी)का युवा स्टार खेलाडी केलियन एमबाप्पका स्पेनसि ला लिगा क्लब रियल मड्रडले कीर्तिमानी मुल्यको प्रस्तव गरेको बताइएको छ । रियललाई यस सिजनको अन्त्यमा एमबाप्पेलाई अनुबन्ध गर्न २ सय ४० मिलियन पाण्डको प्रस्तव गरेको खुलेको हो ।
प्रशिक्षक जिनेदिन जिदान क्लबमा फर्किएपछि उनले रियलको सुरुवाती लाइनअपलाई बलियो बनाउन एमबाप्पेलाई अनुबन्ध गर्न चाहेको बताइएको छ । जिदानले यस सिजनको अन्त्यमा अनुबन्ध हुने पहिलो खेलाडी एमबाप्पे हुने विश्वास रहेको बताएका छन् ।
उनीसँगै चेल्सीका इडेन हाजार्ड र म्याचेस्टर युनाइटेडका पउल पोग्वा पनि अनुबन्धका लागि प्रक्रियामा रहेको खुलासा भएको छ । जिदानले एमबाप्पे अनुबन्ध भए टोलीमा धेरै परिवर्तन हुनसक्ने बताएका छन् । २० बर्षीय स्ट्राइकर एमबाप्पेको दिन प्रति दिनको सुधारले मड्रिडमा नयाँ पन आउने विश्वस लिएको बताएका छन् ।
उनले ग्यारेथ बेल, वेम्स रोड्रिग्युज, इस्को र करिम बेन्जामेनको विकल्पका रुपमा अन्य दुई खेलाडीलाई पनि लिएको बताएका छन् । एमबाप्पेले पिएसजीका लागि हाल सम्म सर्बै खाले ८४ खेल खेल्दा ५७ गोल गरेका छन् । उनले जारी सिजनको लिग वानका २७ खेल खेल्दा ३० गोल गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४