मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ला लिगामा २ वर्षपछि बेलको पहिलो गोल, बराबरीमा रोकियो रियल मड्रिड

ला लिगामा २ वर्षपछि बेलको पहिलो गोल, बराबरीमा रोकियो रियल मड्रिड

स्पेनिस ला लिगामा आइतबार रातिको खेलमा रियल मड्रिड ३–३ गोलको बराबरीमा रोकिएको छ।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

काठमाडौं– स्पेनिस ला लिगामा आइतबार रातिको खेलमा रियल मड्रिड ३–३ गोलको बराबरीमा रोकिएको छ।

लेभान्टेको मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको घरेलु टिमसँग रियल बराबरीमा रोकिएको हो।

रियलका लागि भिनिसियस जुनियरले दुई गोल गरे भने ग्यारेथ बेलले एक गोल गरे। बेलले करिम बेन्जेमाको पासमा खेलको पाँचौ मिनेटमै गोल गरेर रियललाई अग्रता दिलाएका थिए। उनले २०१९ पछि रियलको तर्फबाट पहिलो गोल गरेका हुन्।

यससँगै पहिलो हाफमा रियल एक गोलले अघि रह्यो। खेलको ४६औं र ५७औं मिनेटमा लेभान्टेका मार्टी र क्याम्पनाले गोल गरेपछि रियल एक गोलले पछि परिसकेको थियो। तर, भिनिसियसले ७३औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

यता ७९औं मिनेटमा लेभान्टेका सुअरेज पियरले गोल गरेपछि रियल फेरि एक गोलले पछि पर्‍यो। तर, ८५औं मिनेटमा भिनिसियले पुनः बराबरी गरेका थिए।

खेलको ८७औं मिनेटमा फर्नान्डेसले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो। यो बराबरीसँगै २ अंक बनाएको लेभान्टे आठौं स्थानमा छ भने चार अंक जोडेको रियल दोस्रो स्थानमा छ।

यता दुवै खेलमा जित निकालेको एट्लेटिको भने ६ अंकका साथ शीर्षस्थानमा छ। आइतबार रातिको खेलमा एट्लेटिकोले एल्चेलाई १–० गोलले हराएको थियो।

प्रकाशित: Aug 23, 2021| 07:40 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।