शुक्रबार, साउन २२, २०८३

उपाधिका लागि विभागीय डर्बीले भिड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ताप्लेजुङ- तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको उपाधिका लागि दुई विभागीय डर्बी त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । 

बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै आर्मीले पुलिससागको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनल खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगिसकेको थियो ।

आर्मीले एपीएफलाई सुरुवाती दुई सेटमा २५-२१, २५-२० पराजित गर्दा तेस्रो सेट २०-२५ ले गुमाउन पुगेको थियो । निकै नै प्रतिस्पर्धात्मक बेनेको चौथो सेटमा आर्मीले एपिएफलाई २६-२४ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।  

पछिल्लो पटक यि दुबै टोलीले आठौं राष्ट्रिय खेलकुदमा उपाधिका लागि भिडेका थिए । जहाँ आर्मीले पुलिसलाई पराजित गर्दै उपाधि जितेको थियो । प्रतियोगिताको विजेता टोलीले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्दा उपविजेताले १ लाख ७६ हजार नगद प्राप्त गर्ने छन् । 

त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०-५० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार तथा व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७-७ हजार पाउने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।