शुक्रबार, साउन २२, २०८३

सेथुको जितका सावित्रा र अनिताको गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतको गोलको मद्दतले सेथु फुटबल क्लबले भारतीय महिला लिग फुटबलमा सहज जित निकालेको छ । बुधबार बिहान भएको खेलमा सेथुले बेङ्गरुलु युनाईटेडमाथी ३-० को सहज जित निकालेको हो । 

सेथुको जितका लागि सावित्रा भण्डारी, सन्धया र अनिता बस्नेतले एक एक गोल गरिन् । खेलको ११ औं मिनेटमा नेपालप् स्ट्राइकर सावित्राले गोल गर्दै सेथुलाई सुवाती अग्रता दिलाईन् । पहिलो हाफ सकिन ४ मिनेट बाँकी रहँदा सन्ध्याले गोल गर्दै सेथुलाई २-० को अग्रता दिलाईन् । 

दोस्रो हाफमा सेथुले थप एक गोल गर्दा बैकल्पिक खेलाडी अनिताले गरेकी थिइन् । दोस्रो हाफमा सावित्राको स्थानमा मैदान छिरेकी अनिताले खेलको ७४ औ मिनेटमा गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाईन् । 

आफ्नो डेब्यु खेलमा सावित्राले ह्याट्रिक सहित चार गोल गरेकी थिईन् । उक्त खेलमा उनी वुमन अफ दी म्याच घोषित भएकी थिईन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।