शुक्रबार, जेठ १, २०८३

पाकिस्तानमा शक्तिशाली बम बिस्फोट, ८ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
लाहोर - पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटमा कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै दर्जनौं  घाइते भएका छन्। 

प्रहरीले बम बिस्फोटको अनुसन्धान सुरु गरिसकेको जनाएको छ। अधिकारीहरूले प्रहरीको एउटा गाडीलाई लक्षित गरि आक्रमण गरिएको हुनसक्ने अनुमान गरेका छन्।

मस्जिदभित्र महिलाहरु प्रवेश गर्ने मूलद्वार नजिकै बिस्फोट भएको हो। यही मस्जिदमा सन् २०१० मा पनि आक्रमण भएको थियो। उक्त आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको थियो।

इस्लामिक लडाकूहरुले पाकिस्तानमा प्रायः सुफी सम्प्रदायका व्यक्तिमाथि आक्रमण गर्ने गरेका छन्। पटकपटक आक्रमण हुन थालेपछि पाकिस्तान सरकारले यस मस्जिदमा सुरक्षा व्यवस्था कडा बनाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।