काठमाडौं– सात वर्षपछि चेल्सी फर्किएका बेल्जियन फरवार्ड रोमेलु लुकाकूले आइतरबार राति चेल्सीबाट पहिलो खेल खेलेका छन्। एक दशक पहिले १५ खेल खेलका लुकाकूले अहिले पुनः चेल्सीबाट खेल्दै पहिलो खेलमै गोल गर्न सफल भएका हुन्।
उनले चेल्सी छोडेको सात वर्ष भए पनि चेल्सीको जर्सी नलाएको भने १० वर्ष भइसकेको थियो। १० वर्षपछि उनको पुनरागमन निकै सुखद् रह्यो। उनलाई गोलका लागि रिस जेम्सले पास उपलब्ध गराएका थिए।
उनको गोलसँगै अग्रता बनाएको चेल्सीले आइतबार राति आर्सनलविरुद्ध २–० गोलको जित निकालेको छ। आर्सनलको इमिरेट्स रंगशालामा भएको खेलमा घरेलु टिमले पाहुना टिम चेल्सीसँग हार बेहोरेको हो।
चेल्सीका लागि रिस जेम्सले दोस्रो गोल गरे। लुकाकूले खेलपछि प्रतिकृया दिँदै आफूले दबाब बनाउँदै खेलेको जनाएका छन्। यससँगै प्रशिक्षक थोमस टुचेलको टिममा यो वर्ष लुकाकूले राम्रो स्थान पाउने भएका छन्।
चेल्सीबाट उनका पछिल्लो १५ खेल भने निकै निराशाजनक बनेका थिए। उनले २०११ बट २०१४ सम्म चेल्सीमा बिताए पनि पछिल्ला केही वर्ष भने उनले लोनमा विभिन्न क्लब जानु परेको थियो।
त्यसपछि अर्को प्रिमियर क्लब एभर्टन, म्यानचेस्टर युनाइटेड र इन्टर मिलानमा खेलिसकेको लुकाकू यो विन्डोमा चेल्सीले ९७ दशमलव ५ मिलियन पाउन्डमा भित्र्याएको हो।
उनको पहिलो गोलसँगै चेल्सीले दुई खेलबाट ६ अंक जोडेको छ। ऊ अहिले शीर्षस्थानमा छ। समान ६ अंक भएका लिभरपुल, ब्राइटोन र टोटेनहम क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छ।
इता साविक विजेता म्यानचेस्टर सिटी दुई खेलबाट तीन अंकका साथ आठौं स्थानमा छ। त्यस्तै, आर्सनलले दुवै खेलमा जित निकाल्न सकेको छैन्।
‘सुरुमा उनले बल निकाल्न निकै संघर्ष गरे रत केही समयमै उनले उत्कृष्ट खेल्दै गोल गर्न सफल भए,’ प्रशिक्षक टुचेलले भने, ‘टिममा उनले आफ्नो महत्व पुष्टि गरिसकेका छन्। उनी मेसन माउन्ट र कई हभाट्जसँग निकै नजिक भइसकेका छन्। र, हामीले जे गर्न सकिरहेका छैनौं अब उनले गर्नेछन्।’