आइतबार, चैत २९, २०८२

लिभरपुलको अविश्वसनिय पुनरागमन, बार्सिलोना पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस ला लिगा च्यामिपयन क्लब कार्सिलोनमाथी अविस्वासनिय पुनरागमन जित निकालेको छ । 

बार्सिलोनाको घरेलु मैदानमा भएको पहिलो लेगमा ३-० गोल अन्तरले पछि परेको लिभरपुलले आफ्नो घरेलु मैदानमा ४-० गोल अन्तरको अविश्वसनिय पुनरागमन गर्दै च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको हो । 

मंगलबार राति एनफिल्डमा भएको सेमिफाईनलको दोस्रो लेगमा बार्सिलोनालाई ४-० गोल अन्तरले हराउँदै लिभरपुल समग्रमा ४-३ को नतिजा सहित फाईनल प्रवेश गरेको हो । आफ्ना मुख्य दुई फरवार्ड रोबर्टो फिर्मिन्हो र मोहमद सलाहाबिना मैदान उत्रिएको लिभरपुलले उत्कृष्ट पुनरागमन गरेको हो । लिभरपुलको जितमा डिभोक ओरिगी र जर्जिनियो वाइनाल्डमले समान २-२ गोल गरे ।

खेलको ७ औं मिनेटमा ओरिगीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अग्रता लिएको खेलको दोस्रो हाफमा लिभरपुलले थप तीन गोल गर्यो । खेलको ५४ औं मिनेटमा वाइनाल्डमले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । 

त्यस्को दुई मिनेट नबित्दै बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका वाइनाल्डमले व्यक्तीगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई ३-० को अग्रता दिलाए । ७९ औं मिनेटमा ओरिगीले व्यक्तीगत दोस्रो गोल गर्दै उत्कृष्ट पुनरागनम सहित बार्सिलोनालाई घरेलु मैदानमा नमिठो हार चखाए । लिभरपुलले उपाधिका लागि जुन १ मा टोटेनहम र अजाक्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।