मंगलबार, असार २३, २०८३

गन्याब्रीको दोहोरो गोलमा बायर्नलाई पहिलो सफलता

जर्मनको शीर्ष डिभिजनको फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिखले घरेलु मैदानमा पाहुना टिम कोल्नविरुद्ध ३–२ गोलको जित निकालेको छ।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

काठमाडौं– जर्मनको शीर्ष डिभिजनको फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिखले घरेलु मैदानमा पाहुना टिम कोल्नविरुद्ध ३–२ गोलको जित निकालेको छ।

आइतबार राति म्युनिखको एलियन्ज रंगशालामा भएको खेलमा कोल्नले घरेलु टिम बायर्नसँग हार बेहोरेको हो। पहिलो खेलमा जितविहिन बनेको डिफेन्डिङ च्याम्पियन बायर्नले लिगको दोस्रो खेलमा मात्र पहिलो जित निकालेको हो।

बार्यनको जितका लागि सर्ज गन्याब्रीले दुई गोल गरे भने रोबर्ट लेवान्डोस्कीले एक गोल गरे। यता कोल्नका एन्थोनी मोडेस्टे र मार्क उथले १–१ गोल फर्काएका थिए।

खेलको पहिलो हाफ गोलरहित बराबरी भएपछि दुवै टिमका पाँचै गोल दोस्रो हाफमा सम्भव भए।

जहाँ लेवान्डोस्कीले ५०औं मिनेटमा सुरुआति अग्रता बनाए भने गन्याब्रीले ५८औं मिनेटमा अग्रता दोब्बर बनाए। गन्याब्रीले नै ७१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नका लागि तेस्रो गोलमा पुर्‍याएका थिए।

यो जितसँगै बायर्नल दुई खेलबाट चार अंक जोडेको छ भने कोल्नको तीन अंक छ। बायर्न अहिले चार अंकका साथ चौथो स्थानमा छ। ६ अंक जोडेको उल्भ्सबर्ग भने तालिकाको शीर्षस्थानमा छ।

बुन्डेसलिगामा होफेनहाइम, लिभरकुसन र फ्रिइबर्गको पनि समान ४–४ अंक छ। यता पहिलो खेलमा सानदार जित निकालेको बोरुसिया डर्टमन्ट भने शनिबार रातिको खेलमा हार बेहोरेपछि तीन अंकका साथ आठौं स्थानमा छ।

प्रकाशित: Aug 23, 2021| 07:04 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।