शनिबार, चैत २८, २०८२

चेन्नईलाई पराजित गर्दै मुम्बई आइपिएलको फाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- चेन्नई सुपर किंग्सलाई पराजित गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राती भएको पहिलो क्वालिफायर खेलमा चेन्नईलाई ६ विकेटले पराजित गर्दै मुम्बई फाइनल प्रवेश गरेको हो ।

चेन्नईले दिएको १ सय ३२ रनको मध्यम लक्ष्य पछ्याएको मुम्बईले १८.३ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो । मुम्बईका लागि सुर्यकुमार यादवले ७१ रनको उत्कृष्ट अर्धसतकीय पारी खेलेपछि मुम्बईको जित सहज भएको थियो । उनले ५४ बलमा १० चौका प्रहार गर्दै ७१ रनको अविजित पारी खेलेका थिए । 

त्यस्तै एसान्त किसनले ३१ बलमा एक चौका र एक छक्का प्रहार गर्दै २८ रनको योगदान दिए । हार्दिक पाण्डेयले १३ रनमा अविजित रहे । खराव सुरुवात गरको मुम्बइका लागि ओपनर रोहित शर्मा ४ र क्विनटन डी कक ८ रनमा पोविलियन फर्किएका थिए । चेन्नईका लागि इमरान ताहिरले दुई तथा हर्वजन सिंह र दीपक चाहारले एक एक विकेट लिए ।  

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३१ रन जोडेको थियो । चेन्नईका अम्बातु रायडुले ४२ रन जोड्दा कप्तान महेन्द्र सिंह धोनीले नटआउट ३७ रन जोडेका थिए । रायडुले ३७ बलमा तीन चौका र एब छक्कका प्रहार गर्दै ४२ रनको अविजित पारी खेलेका थिए । 

त्यस्तै कप्तान धोनीले २९ बलमा ३ छक्का प्रहार गर्दै ३७ रनको अविजित पारी खेलेका हुन् । मुरली विजयी २६ रनमा आउट भएका थिए । ओपनर फाफ डु प्लेसिस ६ रनमा आउट हुदाँ सेन वाटसन १० रनमा पोविलियन फर्किएका थिए । मुम्बईका राहुल चाचरले २ तथा कुर्नाल पाण्डेया र जयन्त यादवले समान एक विकेट लिए । 

चेन्नईले दोस्रो ईलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादको बिजेतासँग खेल्नेछ । पहिलो ईलिमिनेटर राउण्डमा बुधबार साँझ दिल्ली र हैदरावाद भिड्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।