शनिबार, चैत २८, २०८२

नेपालले घरेलु मैदानमा त्रिकोणात्मक एकदिवसिय सिरिज खेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो घरेलु मैदानमा त्रिकोणात्मक एकदिवसिय सिरिज खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले पुरुष क्रिकेट विश्वकप लिग २ को खेल तालिका सार्वजनीक गरेसँगै नेपालले घरेलु मैदानमा पहिलो पटक त्रिकोणात्मक एकदिवसिय सिरिज खेल्न लागेको हो । 

तीन राष्ट्रले एक पटक कुनै एक राष्ट्रको घरेलु मैदानमा खेल्ने उक्त त्रिकोणात्मक एकदिवसिय सिरिजमा नेपालले युएस र ओमानसँग घर्लु मैदान कीर्तिपुरमा खेल्ने छ । उक्त नेपालको घरेलु मैदानमा हुने खेल भने २०२० को फेब्रुअरी ५ देखि १२ सम्म सञ्चालन हुनेछ ।

करिब साँढे दुई बर्ष सञ्चालन हुने प्रतियोगिता आगामी अगष्ट देखि सन् २०२२ को जनावरी सम्म चल्ने छ । घरेलु मैदानमा नेपालले एक दिवसीय सिरिज आयोजना गर्न लागेको यो पहिलो पटक हो । 

यस्तै नेपाल सन् २०२० को अप्रिलमा नामिबिया भ्रमणमा निस्कने छ । सो सिरिजमा नामिबिया, नेपाल र स्कटल्याण्डले त्रिकोणात्मक एकदिवसिय सिरिज खेल्ने छन् । लगत्तै, नेपाल जुनमा युएसए र पीएनजीबिरुद्दको सिरिज खेल्न पीएनजी प्रस्थान गर्नेछ । 

लिगमा नेपाल सहित नामिबिया, ओमान, पीएनजी, स्कटल्याण्ड, युएई र युएसए रहेका छन् । होम एण्ड अवे आधारमा खेलाइने लिगमा ७ राष्ट्रले १ सय २६ एकदिवसीय खेल खेल्ने छन् । खेल तालिका सार्वजनिक गरेपनि सबै खेलको खेल स्थान टुङ्गो लगाएको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।