शुक्रबार, भदौ १९, २०८३

दोस्रो जित निकाल्न चुक्यो युनाइटेड, टोटेनहमको लगातार जित

प्रिमियर लिगको पहिलो खेलमा सानदार जित निकालेको म्यानचेस्टर युनाइटेड दोस्रो खेलमा भने जितविहिन बनेको छ।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

काठमाडौं– प्रिमियर लिगको पहिलो खेलमा सानदार जित निकालेको म्यानचेस्टर युनाइटेड दोस्रो खेलमा भने जितविहिन बनेको छ।

साउथह्याम्टनको सेन्ट म्यारी रंगशालामा आइतबार राति सम्पन्न खेलमा म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको हो।

म्यानचेस्टर युनाइटेडका फ्रेडले खेलको ३०औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि घरेलु टिम साउथह्याम्टन पहिलो हाफमा एक गोलले अघि रह्यो।

एक गोलले पछि परेको अवस्थाबाट खेलको ५५औं मिनेटमा मेसन ग्रिनवुडले गोल गर्दै खेललाई बराबरी बनाएका थिए।

खेलको ६४ प्रतिसत समय बलमा नियन्त्रण बनाएको ओले गनर सोल्सायरको टिमले विपक्षीको पोस्टमा १५ प्रहार गरे पनि एकबाहेकका प्रहार सफल हुन सकेनन्।

यसकारण खेल १–१ गोलको बराबरीमा रोकिएको हो। यससँगै युनाइटेडले दोस्रो खेलबाट एक अंकमा चित्त बुझाएको छ।

‘हामीले तीन अंक जोड्न सक्थ्यौं। दोस्रो हाफमा गोल निस्किएपछि केही थप प्रयास गरेका थियौं। तर, सफल रहेनौं,’ युनाइटेडका प्रशिक्षक सोल्सायरले भने। उनले खेलको अन्तिम २० मिनेट राम्रो खेल्न नसकेका कारण बराबरीमा रोकिनु परेको बताएका छन्।

युनाइटेले दुई खेलबाट चार अंक बनाएको छ भने साउथह्याम्टनले दुई खेलबाट एक अंक जोडेको छ। 

ईपीएलकै अर्को खेलमा टोटेनहमले पेनाल्टीको अवसर सदुपयोग गर्दै घरेलु टिम उल्भ्सविरुद्ध १–० गोलको जित निकालेको छ। खेलको १०औं मिनेटमै पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै डेले अलीले खेलको निर्णायक गोल गरेका थिए।

यो जितपछि टोटेनहम हट्स्परका प्रशिक्षक नुनो स्प्रिटिनोले राम्रो सुरुआत गरेको बताएका छन्। ‘हामीले डिफेन्समा पनि राम्रो खेल्यो। गोलका लागि अवसर पनि सिर्जन गरेका छौं। हामी निकै केन्द्रित भएर खेल्यौं,’ उनले भने।

टोटेनहमले सरुआति दुई खेलमा जित निकालेर सहज सुरुआत गरेको छ। लिगमा निकै लामो यात्रा गर्नुपर्ने भएकाले नुनोले यो जित कायम राख्ने बताएका छन्। टोटेनहम अहिले ६ अंकका साथ ईपीएल अंकतालिकाको चौथो स्थानमा छ। यता पराजित उल्भ्स भने १६औं स्थानमा अंकविहिन छ।

प्रकाशित: Aug 23, 2021| 06:55 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।