बिहीबार, साउन २१, २०८३

‘मेस्सीले एउटै क्लबबाट खेल्दै सन्यास लिनेछन्’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- बार्सिलोनाका अध्यक्ष जोसेप मारियाले कप्तान लियोनल मेस्सीले आफ्नो फुटबल जिवनमा एउटा मात्र क्लब क्याम्प नाउमा खेल्दै सन्यास लिने विश्वास रहेको बताएका छन् । 

क्लबका अध्यक्ष जोसेपले स्ट्राइकर मेस्सीले आफ्नो ४५ बर्ष उमेर सम्म बार्सिलोनामै रहने बताएका छन् । ‘मेस्सी अहिले ३१ बर्षका भए । उनी बार्सिलोनामा ४५ बर्षको उमेर सम्म खेल्ने छन् । हामीलाई थाहा छ उनी अरु भन्दा ४-५ बर्ष बढी खेल्ने छन् ।’ 

क्लबका अध्यक्ष जोसेपले भने, ‘तपाई उनलाई हेर्दै फुटबलको मज्जा लिनुहोस् । तर, मेस्सीले सन्यास लिएपछि फुटबलमा के हुने छ ? त्यो तपाई आफै अनुमान गर्नु होस् ।’ मेस्सीले युवा अवस्थानमा अर्जेन्टिनाकै नेवेल्स ओल्ड ब्वाइजमा खेल्ने गर्दथे । 

तर, उनको परिवारले १३ बर्षको उमेरमा क्याटालोनिया पठाएका थिए । बार्सिलोना उनको एक मात्र सिनियर क्लब हो जहाँ उनले आफ्नो फुटबल जिवनको सुरुवात गरे । 

‘म सधै पेलेको बरोमा बेल्ने गर्दै छु । पेलेजे एक मात्र क्लब सान्टोसबाट खेलेका थिए । त्यस्तै मेस्सीले पनि सधै बार्सिलोनाका लागि मात्र खेल्ने छन् । उनी एक क्लब खेलाडी हुन् । जब सम्म उनीले फुटबल खेल्न छोड्ने छैनन्  तब सम्म उनले बार्सिलोना छोड्ने छैनन्,’ अध्यक्ष जोसेपले भने ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।