बिहीबार, साउन २१, २०८३

नेपालले मलेसिया र ताइपेनसँग मैत्रिपूर्ण खेल खेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसिया र चाइनिज ताइपेइसँग दुई मैत्रीपुर्ण खेल खेल्ने भएको छ । २०२२ को विश्वकप छनोटको तयारीमा रहेको नेपालले छनोट पुर्ण दुई मैत्रिपूर्ण खेल खेल्न लागेको हो । 

नेपालले २ जुनमा मलेसियासँग आफ्नो पहिलो मैत्रिपूर्ण खेल खेल्ने छ भने ६ जुनमा चाइनिज ताइपेईसँग खेल्ने छ । यसअघि मेलेसियासँग हुने भनिएको कैत्रिपूर्ण खेल स्थगित भएको थियो । 

सोही रद्ध भएको खेललाई निरन्तरता दिन मलेसिया फुटबल एसोसिएसनले एन्फालाई पुनः खेलको लागि अनुरोध गरेको थियो । मलेसियासँगको खेल स्थगित भएपछि नेपालले कुवेतसँग दुई मैत्रीपुर्ण खेल खेलेको थियो । 

जसमा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा पराजय भएको थियो । नेपालले मैत्रीपुर्ण खेल र विश्वकप छनोटको दोस्रो चरणको खेलको लागि मंगलबारबाट प्रशिक्षण सुरु गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।