बिहीबार, साउन २१, २०८३

कम्पनीको निर्णायक गोलमा सिटी शीर्ष स्थानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- डिफेन्डर भिन्सेन्ट कम्पनीको निर्णायक गोलको मद्दतले म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लीएको छ । सोमबार राती भएको खेलमा लेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिाएको छ । 

सिटीले दोस्रो सथनको लिभरपुल भन्दा १ अंकको अग्रता बनाएकोछ । सिटीको यस जितसँगै प्रिमियर लिग झनै रोमाञ्चक बनेको छ । लिगको उपाधिको टुङगो लाग्न अझै अन्तिम खेल सम्म प्रतिक्षा गर्नु पर्ने देखिन्छ । 

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा सिटीले गोलका लागि लामो समय कुर्नु पर्यो । खेलको ७० औं मिनेटमा कम्पनीले निर्णायक गोल गर्दै सिटीलाई जित मात्र हैन प्रिमियर लिगको उपाधि दौडलाई नै रोमाञ्चक बनाई दिए । 

अब सिटीले आफ्नो अन्तिम खेल रेलिगेशन जोनबाट एक स्थान माथि रहेको ब्रिङ्टोनसग खेल्नेछ । यता दोस्रो स्थानको लिभरपुलले घरेलु मैदानमा उल्भ्ससँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष स्थानको सिटीको ९५ अंक छ । लिभरपुल ९४ अंक सहित दोस्रो स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।