मंगलबार, चैत ३, २०८२

अमेरिकाले मध्यपूर्वमा नौ सैनिक पठायो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
वासिङ्टन – संयुक्तराज्य अमेरिकाले मध्यपूर्वमा एउटा बिमान बाहक जहाज र एउटा बमबर्षक टोली पठाउन लागेको जनाएको छ। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले एक विज्ञप्तिमा इरानलाई स्पष्ट सन्देश दिन चाहेको बताएका छन्। 

बोल्टनले अमेरिकी केन्द्रीय कमान्डलाई मद्दत गर्न युएसएस अब्राहम लिन्कन क्यारिअर स्ट्राइक ग्रुप र एउटा बमबर्षक टास्क फोर्स पठाउन लागिएको जनाएका छन्। उनले इरानका कारण अमेरिकी सेना, अमेरिकी गठबन्धन र अमेरिकी हित प्रतिकूल गतिविधि हुने स्पष्ट सङ्केत देखिएको दाबी पनि गरेका छन्। 

यस नयाँ व्यवस्थापछि अमेरिकी सुरक्षाफौजले अमेरिकी हित विपरीतका कुनै गतिविधि भएमा त्यसलाई नियन्त्रणमा ल्याउन जुनसुकै कारबाही गर्नसक्ने क्षमता विकास हुने बोल्टनको भनाई छ।

बोल्टनले भने, ‘संयुक्तराज्य अमेरिका इरानी सत्तासँग युद्ध गर्न चाहँदैन, तर कुनै आक्रमण भए त्यसविरुद्ध लड्न पूर्णरुपमा तयार छ। यस्तो युद्ध छद्मभेषी, इस्लामिक क्रान्तिकारी गार्ड वा नियमित इरानी फौज नै किन नहोस्।’

विज्ञप्तिमा अहिल्यै नयाँ फौज परिचालन गर्नु परेको हो भन्ने केही खुलाइएको छैन। 

संयुक्तराज्य अमेरिकाले इरानसँग यसअघि सन् २०१५ मा भएको बहुपक्षीय सम्झौता तोडेर इरानमाथि प्रतिबन्ध घोषणा गरेपछि दुबै मुलुकबीच तनाब सिर्जना भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।