बिहीबार, साउन २१, २०८३

उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको उपाधी रोहित र किरणलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाली राष्ट्रिय टोलिका स्टार मिडफिल्डर रोहित चन्द र पहिलो रोजाईका गोलरक्षक किरण कुमार चेम्जोङ उत्कृष्ट नेपाली अन्तर्राष्ट्रिय खेलाडि अवार्डबाट सम्मानित भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) मा आएको नयाँ नेतृत्वको एक वर्ष पुगेको अवसरमा रोहित र किरणलाई उत्कृष्ट नेपाली अन्तर्राष्ट्रिय खेलाडीको अवार्ड प्रदान गरिएको हो। 

गत सिजन इन्डोनेसियाको लिग च्याम्पियन क्लब पर्सिजा जाकर्तालाई घरेलु लिगको उपाधी दिलाउन महत्वपूर्ण भुमिका खेलेका रोहितलाई इन्डोनेसियाको फुटबल संघले वर्षको उत्कृष्ट खेलाडीको अवार्ड समेत प्रदान गरेको थियो। उक्त अवार्ड जित्दै उनी अन्तर्राष्ट्रिय स्तरमा वर्षको उत्कृष्ट अवार्ड जित्ने पहिलो खेलाडी बनेका थिए।

त्यस्तै किरणले मल्दिभ्सको टिसि स्पोर्टसलाई लिग च्याम्पियन बनाउन महत्त्वपूर्ण भुमिका खेलेका थिए। उनी लिगको उत्कृष्ट गोलरक्षक बनेका थिए। उत्कृष्ट नेपाली अन्तर्राष्ट्रिय खेलाडी बनेका दुबै खेलाडीलार्इ समान एक लाख प्रदान गरिएको थियो।

नेपाली महिला फुटबलमा बिशेष योगदान पुर्याएको भन्दै राष्ट्रिय महिला टोलिकी पुर्व कप्तान अनु लामालाई स्पेशल अन्ट्रीब्युसन अवार्डबाट सम्मान गरियो। उनले १५ लाख नगद प्राप्त गरिन। त्यस्तै विशेष योगदान पुरुषमा जुमानु राई सम्मानित भए। उनले नगद १५ लाख प्राप्त गरे।

त्यस्तै इमर्जिङ्ग पुरुष खेलाडीको अवार्ड अभिषेक रिजालले प्राप्त गर्दा महिलामा मन्जली कुमारी योन्जनले प्राप्त गरिन। उत्कृष्ट पुरुष रेफ्रीको अवार्ड लब खत्रीले प्राप्त गर्दा महिलामा अस्मिता मानन्धरले प्राप्त गरिन। 

बर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड महिला राष्ट्रिय टोलिका प्रशिक्षक हरि खड्काले प्राप्त गरे। इमर्जिङ्ग खेलाडी र उत्कृष्ट प्रशिक्षकले समान एक/एक लाख नगद रुपैयाँ र एक थान मोटरसाइकल प्राप्त गर्दा उत्कृष्ट रेफ्रीले एक लाख नगद र स्कुटर प्राप्त गरे।

लाइफटाई अचिभमेन्टको अवार्ड भगिरथ आलेले पाए। उनले एक थान मोटरसाइकल र तीन लाख ५० हजार नगद प्राप्त गरे। त्यस्तै वर्षको उत्कृष्ट क्लब मनाङ मर्स्याङ्दी घोषित भयो। मनाङले एक लाख प्राप्त गर्यो। वर्षको उत्कृष्ट जिल्ला फुटबलमा मोरङ सम्मानित भयो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।