शनिबार, चैत २८, २०८२

पिएम कप क्रिकेट जेठ पहिलो साताबाट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
फाइल तस्बिर
काठमाडौं- तेस्रो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालय इन्टरनेशनलको संयुक्त आयोजनामा हुने पिएमकप क्रिकेट जेठ १ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । 
 
सात प्रदेश र तीन विभागीय टिम गरी १० टोलीले सहभागिता रहने छ । सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरी राउन्डरोबिनको आधारमा खेल संचालन गरिने छ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । 

प्रतियोगितामा दिनको एक खेल ५० ओभरको खेलाइने छ । १ करोड ७५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताको विजेता टोलीले २० लाख प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडीले अनिवार्य रुपमा सहभागीता जनाउनु पर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब कुमार बिष्टले बताए । राष्ट्रिय खेलाडीले प्रतियोगितामा कुनै जानकारी बिना प्रतियोगितामा सहभागी नभएको खण्डका त्यसको कारण माग्ने सदस्य बिष्टले बताए । 

प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ । प्रतियोगिताको कुल खर्चमा ८० लाख परिषद्ले गर्ने छ भने बाँकी रकम नेपालय इन्टरनेशनलले खर्च गर्ने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।