शुक्रबार, भदौ १९, २०८३

धर्मश्री ब्याडमिन्टनको उपाधि श्रेष्ठ र कार्कीलाई

धर्मश्री ब्याडमिन्टनको उपाधि राजन श्रेष्ठ र किरण कार्कीले जितेका छन्।
 |  आइतबार, भदौ ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ६, २०७८

काठमाडौं– धर्मश्री ब्याडमिन्टनको उपाधि राजन श्रेष्ठ र किरण कार्कीले जितेका छन्।  समूह एका श्रेष्ठ र कार्कीले छितिज हिमालय तथा राजनमान श्रेष्ठलाई २१-१७र२१-१५ ले सेटमा हराएका हुन्। यस्तै समूह बीका कुमार सापकोटा र सुशान्त दुलाल राजु तामाङ र दिवस पाण्डेलाई २४-२२ र २१-६ले हराएर दोस्रो स्थानमा रहे। तृतीय स्थानका लागि भएको प्रतिस्पर्धामा ए समूहका  कृष्ण बास्ताकोटी तथा उज्ज्वल दाहालले हरि मोक्तान तथा सुरेन्द्र थापालाई २१-१४ र २१-९ ले हराएका थिए।

यसैगरी समूह बीका टीएम श्रेष्ठ तथा रबिन बोम्जनले शैलेश खड्का तथा एकबहादुर रोक्कालाई २१-१८ र २१-१४ ले हराए। धर्मश्री स्पोटर्स एकेडेमीले आयोजना गरेको खेल गोकर्णेश्वर नगरपालिका अर्यालगाउँमा भएको हो। शनबिार सुरु भएको प्रतियोगितामा काठमाडौं र सिन्धुपाल्चोकका समूह एबाट १५ टिम र समूह बीबाट  २७ टिम गरेर ४२ टिमले भाग लिएको आयोजकले जनाएको छ। उपाधि विजेतालाई गोकर्णेश्वर नगरपालिका–७ का वडा अध्यक्ष केशव गुरुङले उपाधि वितरण गरेका थिए।


प्रकाशित: Aug 22, 2021| 19:53 आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।