बिहीबार, साउन २१, २०८३

न्युक्यासललाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- न्युक्यासल युनाइटेडलाई पराजित गर्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राती भएको खेलमा न्युक्यासललाई ३-२ गोल अन्तरले पाजित गर्दै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । 

लिभरपुलले एक खेल कम खेलेको सिटीलाई २ अंकले पछि पार्दै अग्रस्थानमा पुगेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा लिभरपुलका लागि खेलको १३ औँ मिनेटमा भिर्गिल भान जाईकले गोल गर्दै सुरुवाती अग्रता दिलाए । 

तर, न्युक्यासलका क्रिस्टियन आट्सुले २० औँ मिनेटमा गोल गर्दै खेल १-१ मा पुर्याए । २८ औँ मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई पुनः २-१ को अग्रता दिलाए । ५४ औँ  मिनेटमा सालोमन रोन्डनले गोल गर्दै खेल पुनः २-२ को बराबरीमा ल्याए ।

त्यसपछि भने लिभरपुलका लागि सलाहको स्थानमा मैदान प्रवेश गरेका डिभोक ओरिगीले गोल गर्दै जित पक्का पारे । उनले खेलको ८४ औँ मिनेटमा हेड गोल गर्दै लिभरपुललाई महत्वपूर्ण जित दिलाएका हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।