शनिबार, चैत २८, २०८२

नेयमारले पिएसजीलाई हारबाट जोगाए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- फ्रान्सेली लिग वान च्यम्यिनस क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नाइससँग बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा पिएसजीले नाइससँग १-१ को रबारबी खेलेको हो । 

घरेलु मैदानमा खेलका पछि परेको पिएसजीका लागि नेयमारले गाले गर्दै टोलीलाई हारबाट जोगाएका थिए । पहिलो हाफ गोल रहित बराबरीका सकिएको खेलको दोस्रो हाफमा दुबै टोलीले गोल गरेका थिए । 

खेलको ४६ औं मिनेटमा नाइसका एग्राटियस गनागोले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको ६० औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई हारबाट जोगाए ।

खेलको अन्तिम समयमा पिएसजीले पुनः अर्को पेनाल्टी अवसर पाएको थियो । उक्त पेनाल्टी अवसरलाई उरुग्वे फरवार्ड इडिनसन काभानीले गोलमा परिणत गर्न नसक्दा पिएसजी बराबरीमा रोकिएको हो । लिगको च्याम्पियन बनेको पिएसजीले ३५ खेलमा ८५ अंक जोडेको छ । त्यस्तै समान खेल खेलेको नाइस ५२ अंक सहित सातौं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।