आइतबार, चैत ८, २०८२

सरकारी स्कुलको सिकाइ उपलब्धि ५१ प्रतिशत, सबैभन्दा कमजोर विज्ञानमा

शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले गरेको अध्यनयअनुसार कक्षा १० का विद्यार्थीको सिकाइ उपलब्धि ५१ प्रतिशत सिकाइ उपलब्धि कमजोर भएको पाइएको हो।
 |  आइतबार, भदौ ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ६, २०७८

काठमाडौं- कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीको सिकाइ उपलब्धि ५१ प्रतिशत रहेको पाइएको छ। शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले गरेको अध्यनयअनुसार कक्षा १० का विद्यार्थीको सिकाइ उपलब्धि ५१ प्रतिशत सिकाइ उपलब्धि कमजोर भएको पाइएको हो।

National life

‘विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण २०१९’ प्रतिवेदनले विद्यार्थीको सिकाइ स्तरमा सरकारको लगानीअनुसारको उपलब्धि नभएको देखाएको छ। 

केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाले भने,  ‘कक्षा १० को  अध्ययनमा औसत उपलब्धि हासिल गर्ने विद्यार्थी ५१ प्रतिशत छन्। यो सन्तोषजनक होइन।’ यद्यपि विगत १० वर्षमा सिकाइ उपलिब्ध ४१ प्रतिशतबाट ५१ प्रतिशतमा बढेको छ। तर शिक्षामा सरकारले गरेको लगानीअनुसार उपलन्धि हासिल हुन नसकेको सापकोटा बताउँछन्।

उनका अनुसार अधिकांश विद्यार्थीले पाठ्यक्रमको ५० प्रतिशतभन्दा न्यून विषयवस्तुमा मात्र दक्षता हासिल गरेका छन्। 

यसअघि सन् २०११ मा कक्षा १० का विद्यार्थीको सिकाइ उपलब्धिबारे सामाजिक, गणित, विज्ञान र नेपाली विषयको अध्ययन गर्दा औसतमा ४०।९६ प्रतिशत देखिएको थियो। 

Laxmi sunrise bank
kumari

केन्द्रले विद्यार्थीलाई कक्षा १० को भन्दा माथिको क्षमता देखिएका विद्यार्थी, कक्षा १० को उच्च उपलब्धि भएका विद्यार्थी, कक्षा १० को औसत उपलब्धि भएका विद्यार्थी, कक्षा १० को न्यूनतम क्षमता विकास भई नसक्दा बोर्डर लाइनमा पर्ने विद्यार्थी, कक्षा १० को अपेक्षित क्षमताभन्दा कम क्षमता भएका विद्यार्थी र कक्षा १० भन्दा न्यूनतम क्षमता भएका विद्यार्थी गरी ६ तहका गणित, विज्ञान, नेपाली र अंग्रेजी गरी चार विषयमा विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण गरेको थियो।  

अध्ययनले कक्षा १० का विद्यार्थीको विज्ञानमा १८ प्रतिशत, अंग्रेजीमा ३० प्रतिशत, गणितमा ३१ प्रतिशत र नेपालीमा ३९ प्रतिशत विद्यार्थीले मात्र कक्षा १० को अपेक्षित क्षमता प्रदर्शन गर्न सकेको देखाएको छ। १८ देखि २४ प्रतिशत विद्यार्थी कक्षा १० को न्यूनतम क्षमताको बोर्डर लाइनमा छन्। 

पाँच सय भन्दा तलको अंक भएका विषय र प्रदेशलाई न्यून क्षमता भएको मानेर गरिएको अध्ययनको नतिजा हेर्दा अंग्रेजी, गणित, विज्ञानमा बागमतीका विद्यार्थीको सिकाइ उपलब्धि उच्च छ भने कर्णालीकोको न्यून छ। 

प्रदेशअनुसार औसत सिकाइ उपलब्धिमा पनि ठूलो अन्तर छ। पाँच सय भन्दा तलको अंक भएका विषय र प्रदेशलाई न्यून क्षमता भएको मानेर गरिएको अध्ययनको नतिजा हेर्दा अंग्रेजी, गणित, विज्ञानमा बागमतीका विद्यार्थीको सिकाइ उपलब्धि उच्च छ भने कर्णालीको न्यून छ। 


शिवकुमार सापकोटा, महानिर्देशक शैक्षिक गुणस्तर परीक्षण केन्द्र

नेपालीमा गण्डकी प्रदेशको सबैभन्दा उच्च देखिएको छ भने प्रदेश २ को न्यून छ। गणितमा बागमती प्रदेशको ५ सय २१, गण्डकीको ५ सय १३, लुम्बिनीका ५ सय ३ छ। औसतमा यो विद्यार्थी संख्या ९५ हजारभन्दा बढी हो भने कर्णालीको ४ सय ७६, सुदूरपश्चिमको ४ सय ८८ र प्रदेश १ को ४ सय ९१ छ।

विज्ञानमा बागमतीको ५ सय २५, गण्डकीको ५ सय १९, लुम्बिनीको ५ सय ७ छ। गणितमा ४ सय ८२, प्रदेश २ को ४ सय ८४, सुदूरपश्चिमको ४ सय ८६ र प्रदेश १ को ४ सय ९१, सुदूरपश्चिमको ४ सय ८६ छ। नेपालीमा गण्डकीको ५ सय १६, लुम्बिनीको ५ सय १३, बागतीको ५ सय ११ र प्रदेश १ को ५ सय ५ छ। प्रदेश २ को ४ सय ७४, कर्णालीको ४ सय ७५ छ। 

प्रदेशगत आधारमा नतिजा विश्लेषण गर्दा अंग्रेजी विषयमा बागमतीको ५ सय ३४, गण्डकीको ५ सय १६, लुम्बिनीको ५ सय २ र प्रदेश १ को ५ सय छ। कर्णालीको ४ सय ७४, प्रदेश २ को ४ सय ८२, सुदूरपश्चिमको ४ सय ३८ दखिएको छ। 

अध्ययनका क्रममा गणितमा २२ हजार ३ सय ६५, नेपालीमा २२ हजार ५ सय ५३, विज्ञानमा २० हजार ६ सय ३७ र अंग्रेजीमा २२ हजार २ सय १७ विद्यार्थीको सहभागिता रहेको थियो ।

अध्ययनले शैक्षिक गुणस्तर सुधारका लागि बालबालिकालाई सही उमेरमा भर्ना गर्नुपर्ने, पाठ्यक्रम समावेशी बनाउनुपर्ने,  शैक्षिक नीतिमा सुधार, बजेट  विनियोजन, क्रियाकलापमुखी पाठ्यक्रम, शिक्षण विधिमा सुधार, साधनस्रोतको व्यवस्थापनमा सुधार गर्नुपर्ने लगायतका सुझाव दिएको छ। 

कक्षा १० का ४२ हजार विद्यार्थीमा गरिएको अध्ययनमा गणित, विज्ञान, नेपाली र अंग्रेजीका सरकारी र निजी गरी कुल एक हजार ८ सय विद्यालय, एक हजार ८ सय प्रधानाध्यापक र तीन हजार ६ सय शिक्षक समावेश थिए। अध्ययन प्रतिवेदन तीन वर्ष लगाएर तीन करोड खर्च गरी तयार पारिएको हो।

प्रकाशित: Aug 22, 2021| 19:15 आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्