बिहीबार, साउन २१, २०८३

लिग च्याम्पियन बार्सिलोना पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- ला लिगा फुटबलमा लिग च्याम्पियन बार्सिलोना पराजति भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना सेल्टा भिगोको घरेलु मैदानमा २-० गोल अन्तरले पराजित भएको हो । 

पाहुना टोलीलाई पराजित गर्न म्याक्सी गोमेज र इगो एस्पासले एक एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सेल्टा भिगोले दुई गोल गरेको हो । 

खेलको ६७ औं मिनेटमा म्याक्सी गोमेजले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यस्तै ८८ औं मिनेटमा इगो एस्पासले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई २-० को अग्रता दिलाए । 

त्यसपछि दुबै टोलीबाट कुनै गोाल नहुँदा खेल बार्सिलोनाले २-० ले गुमाउन पुगेको हो । उक्त खेलका लागि बार्सिलोनाले आफ्ना मुख्य खेलाडीलाई विश्राम दिएको थियो । आगामी मंगलबार लिभरपुलसँग हुने च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगका लागि बार्सिलोनाले आफ्ना मुख्य खेलाडीलाई यस खेलमा विश्राम दिएकमो थियो । 

यसअघि नै लिगको च्याम्पियन बनेको बार्सिलोनाको ३६ खेलबाट ८३ अंक छ । सेल्टा भिगो ४० अंक सहित तालिकाको १४ औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।