आइतबार, चैत २९, २०८२

बेंगलोरसँग पराजित हैदरावादको प्लेअफ पुग्ने सम्भावना कमजोर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्गलोरले सनराइजर्स हैदरावादलाई पराजित भएको गरेको छ । शनिबार राति भएको खेलमा बैङ्गलोरले हैदरावादलाई ४ विकेटले पराजति गरेको हो । 

यसहारसँगै हैदरावादको प्लेअफ पुग्ने सम्भावना कम भएको छ । हैदरावादले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको बैङ्गलोरले १९.२ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । बैङ्गलोरको जितका लागि सिमरोन हेटिमरले सर्वाधिक ७५ रनको अर्धसतकीय पारी खेले । 

उनले ४७ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७५ रनको अर्धसतकिय पारी खेलेका हुन् । त्यस्तै गुरकृत सिंहले ६५ रनको योगदान दिए । उनले ४८ बलमा ८ चौका र १ छक्काको मद्दतमा ६५ रन जोडेका हुन् । 

कप्तान विराट कोहली १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन नसके पनि बेङ्गलोर विजयी भयो । हैदरावादका खलिल अहमदले ३, भुवनेश्वर कुमारले २ तथा राशिद खानले एक विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ्को निम्तो पाएको हैदरावादले निर्धाति २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । हैदरावादका लागि केन विलियम्सले आक्रमक ब्याटिङ गर्दै ७० रन जोडे पनि टोलीको जितका लागि प्रयाप्त भएन । 

उनले ४३ बलमा ५ चौथा र ४ छक्का प्रहार गर्दै ७० रन जोडेका थिए । मार्टिन गुप्टिलले ३०, विजय संकरले २७ तथा रिद्दीमन साहले २० रन जोडे । बैङ्गलोरका बासिङ्टोन सुन्दरले नवदिप सैनीले २ तथा युजेन्द्र चाहल र कुलवन्त खेज्रोलियाले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।