शनिबार, चैत २८, २०८२

दिल्लीसँग पराजित हुँदै राजस्थान बाहिरियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको समूह चरणबाट बाहिरिएको छ । शनिबार भएको खेलमा दिल्ली क्यापिटल्ससँग ५ विकेटले पराजति हुँदै आइपिएलको समूह चाणबाट बाहिरिएको हो । 

राजस्थानले दिएको १ सय १६ रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले १६.१ ओभरमा मात्र ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । दिल्लीको जितका लागि रिशभ पन्तले अर्धसतकीय पारी खेले । 

उनले ३८ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५३ रनको अर्धसतकीय पारी खेलेका हुन् । त्यस्तै शिखर धवनले १६, कप्तान श्रियस अयरले १५, कालिन इनग्रामले १२ तथा सर्फान रुथफोर्डले ११ रन जोडे । राजस्थानका लागि इस सोधीले तीन विकेट लिए । त्यस्तै श्रियस गोपालले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो । राजस्थानका लागि युवा खेलाडी रियाल परागले अर्धशतकीय पारी खेले पनि टोलीको जितका लागि प्रयाप्त भएन् । 

उनले ४९ बलको सामना गर्दै ४ चौका र २ छक्काको मखद्दतले ५० रन जोडेका थिए । त्यस्तै लियम लिभिङस्टोनले १४ तथा श्रियस गोपालले १२ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरा अंकमा रन बटुल्न सकेनन् । 

राजस्थानलाई सस्तैमा समेट्न इशान्त शर्मा र अमित मिश्राले समान ३-३ विकेट लिदाँ ट्रेन्ट बोल्टको दुई विकेट लिएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।