शनिबार, चैत २८, २०८२

केपीएलको उपाधी आर्मीलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
सुर्खेत – कर्णाली प्रिमियर लिग दोस्रो संस्करकरणको उपाधी त्रिभुवन आर्मी क्लबले उचालेको छ। सुर्खेतको कालुञ्चोक मैदानमा भएको फाइनलेखमा न्यू होराइजन बुटवललाई ५९ रणले पछिपार्दै आर्मीले उपाधि आफ्नो पोल्टामा परेको हो। खेलमा टस जितेर ब्याटिंग रोजेको आर्मीले २० ओभरमा ६ विकेट गुमाएर १४६ रनको योगफल तयार पारेको थियो। 

आर्मीको लागि हरि बहादुर चौहानले सर्वाधिक ५६, राजु रिजालले ३४ तथा भिम शार्कीले अविजित २१ रन बनाए। न्यु होराइजनका बलर विकास श्रेष्ठले २ तथा राहुल प्रजापति, बिपिन खत्री र अखिलेश यादबले समान १÷१ विकेट लिए। १४७ रनको लक्ष्य पछ्याउने क्रममा न्यु होराइजनले १८.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८७ रन मात्र बनायो। होराइजनलाई रोक्न आर्मीका बलर जितेन्द्र मुखिया र शाहब आलमले ३÷३ विकेट तथा सुसन भारीले २ विकेट लिए। होराइजनको लागि बिशाल सुनारले सर्वाधिक २६ तथा निश्चल चौधरीले १९ रन योगदान दिए।

जितसँगै आर्मीले ५ लाख र उपविजेता न्यु होराइजनले २ लाख रुपैयाँमा हात पारेको छ। प्रतियोगिताको उत्कृस्ट खेलाडी न्यु होराइजनका कप्तान समेत रहेका शक्ति गौचन घोषित भए जसले ५० हजार रुपैयाँ प्राप्त गरे। यस्तै उत्कृस्ट ब्याट्सम्यान कर्णाली–११ का रबिन्द्र जंग शाही तथा उत्कृस्ट बलर आर्मीका सुशन भारी घोषित भए। दुवैले खेलाडीले २०÷२० हजार रुपैयाँ प्राप्त गरेका छन् । फाइनल खेलको प्लेयर अफ द म्याच हरि बहादुर चौहान चुनिए।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि समेत आर्मीलेनै जितेको थियो। कर्णाली क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगिता बैशाख १२ देखि सुरु भएको थियो। प्रतियोगितामा ८ टिमको सहभागी रहेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।