शनिबार, चैत २८, २०८२

एनसीएसएस इमर्जिङ क्रिकेटरको अवार्डबाट कुँवरलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौ- नेपाली राष्ट्रिय महिला क्रिकेटर कबिता कुँवरलाई इमर्जिङ क्रिकेटरको अवार्ड प्रदान गरिएकोछ । कुँवरलाई नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस)ले स्वर्गीय प्रमोद बज्राचार्य एनसीएसएस सेवा सम्मानबाट पुरस्कृत गरिएको हो ।

आयोजक एनसीसीएसले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नगद पच्चिस हजार सहित सम्मान गरेको हो । समाजले आफ्ना पुर्व कोषाध्यक्ष स्वर्गीय प्रमोद बज्राचार्यको सम्झनामा पुरस्कार प्रदान गर्दै आएको छ । 

समाजले कबिता कुवँर, बिन्दु रावल र अप्सरी बेगमलाई मनोनयमा रहेको थियो । अवार्ड प्रदान गर्नका लागि एनसीएसएस र नेपाल खेलकुद पत्रकार मन्चबाट एक एक प्रतिनिधि र प्रशिक्षक बिनोद दासलाई राखेर छनोट समिति गठन गरिएको थियो ।

यसै बर्ष थाईल्याण्डमा भएको टी-२० स्म्यास, आईसीसी विश्वकप छनोट र आठौँ राष्ट्रिय खेलकुदमा खेलाडीले गरेको मुल्यांकनका आधारमा पुरस्कारको घोषणा गरेको हो । गत बर्ष इमर्जिङ खेलाडीको अवार्डबाट हरि बहादुर चौहानलाई पुरस्कृत गरिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।