मंगलबार, चैत ३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जापानका नयाँ राजाको पहिलो सम्वोधन : ‘विश्व शान्तिका लागि संगै काम गरौँ’

जापानका नयाँ राजाको पहिलो सम्वोधन : ‘विश्व शान्तिका लागि संगै काम गरौँ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
टोकियो – जापानका नयाँ राजा नारुहितोले विश्व शान्तिका लागिसँग सगै काम गर्न आह्वान गरेका छन्। राजामा नियुक्त भएपछिको पहिलो सम्वोधन गर्दै शनिबार उनले सवै देशहरुसँग हातमा हात मिलाएर अगाडी बढ्न आफूले चाहेको बताए।

उनले भने, ‘म गम्भिरतापूर्वक आग्रह गर्दछु कि, विश्व शान्ति र बाँकी विकासका लागि सवै देशहरुले सहकार्य गर्नु आवश्यक छ। जापानका १२६ औँ राजा ५९ बर्षीय नारुहितो टोक्योस्थित राजदरबारको शिशाले घेरिएको बार्दलीमा देखा परेका थिए। 

उनीसँगै महारानी मासाकोसहित शाही परिवारका अन्य सदस्यहरु पनि देखा परेका समाचारमा जनाइएको छ। महारानी मसाकोले पहेलो रंगको लामो कपडा लगाएका थिए भने गरगहनाहरु पनि लगाएका थिए। 

जापानका सम्राट नारुहितोले मङ्गलबार मध्यरातबाट जापानको राजगद्दी सम्हालेका थिए। उनी जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६ औं राजा भएका छन्। 

विदेशमा अध्ययन गर्ने पहिलो तथा जापान पराजित भएको दोस्रो विश्वयुद्धपछि जन्मिएका नारुहितोलाई मङ्गलबार मध्यरातमा ‘क्रिसेन्थिमम थ्रोन’ नाम दिइएको विशिष्टरुपमा सजाइएको राजगद्दीमा राखिएको थियो।

 उनका बुबा सम्राट अकिहितोले मङ्गलबार राजगद्दी त्यागेका थिए। जापानी इतिहासमा दुई सय वर्षभन्दा बढीको अवधिमा कुनै सम्राटले स्वेच्छाले राजगद्दी त्याग गरेको यो पहिलो पटक हो। 

पूर्व राजा अकिहितो र रानी मिचिको भने सो कार्यक्रममा सहभागी भएका थिएनन्। रासस/एएफपी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।