शनिबार, चैत २८, २०८२

गोल्डेन बुट : एमबाप्पेको प्रतिबन्धले मेस्सीको भाग्य चम्केला?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- गोल्डेन बुटको दौडमा रहेका पेरिस सेन्ट जर्मन (पिएसजी)का युवा स्टार खेलाडी केलिएन एमबाप्पेलाई तीन खेल प्रतिबन्ध भएसँगै मेस्सी एक्लो प्रतिद्वोन्द्वी भएका छन् । 

फ्रान्स कपको फाइनल खेलमा रेनेससँगको थप समयको खेलमा रातो कार्ड खाँदै उनी मैदान बाहिरिएका थिए । उनले अब लिग वानका तीन खेल गुमाउने भएका छन् । तर, पिएसजीले भने लिग वानको उपाधि यसअघि नै जिति सकेको छ । पिएसजीले लिग वानका ४ खेल खेल्न बाँकी छ । 

एमबाप्पे प्रतिबन्ध हुँदा बार्सिलोनाका कप्तान लियोनल मेस्सी गोल्डेन बुटको एक्लो दाबेदमर बनेका छन् । मेस्सीले ला लिगका तीन खेल खेल्न बाँकी छ । तर, शनिबार हुने खेलमा मेस्सीलाई च्याम्पियन्स लिगका लागि विश्राम दिने जनाएको छ । 

मेस्सीले जारी सिजनको ला लिगामा ३४ गोल गर्दै शीर्ष गोलकर्ताको पहिलो स्थानमा छन् । जहाँ उनलाई पछ्याई रहेका युवा स्टार केलिएन एमबाप्पेको ३० गोल छ । त्यस्तै स्याम्पडोरियाका फाबिओ क्वागलियाला तेस्रो स्थानमा छन् । उनले २३ गोल गरेका छन् । 

पिएसजीले लिग वानका बाँकी खेल अर्का ब्राजिलियन स्टार खेलाडी नेयमार विना पनि खेल्न सक्नेछ । किनकी फ्रेन्च कपमा उपविजेता बन्दा मेडल ग्रहण गर्ने क्रममा नेयमारले समर्थकलाई मुक्का हानेको आरोप लागेको छ । जसबारे अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।