शनिबार, चैत २८, २०८२

‘रियलले हाजार्डको सहि सदुपयोग गर्ने छ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- चेल्सीका पुर्व म्यानेजर ग्लेन होड्लेले क्लबले बेल्जियम स्ट्राइकर इडेन हाजार्डको सहि सदुपयो गर्न नसकेको आरोप लगाएका छन् । उनले चेल्सीका प्रशिक्षक माउरिजिओ सारीले हाजार्डलाई ह्यान्डिल गर्न नसकेको आरोप लगाएका हुन् । 

ग्लेनका अनुसार स्पेनिस क्लब रियल मड्रिडले हाजार्डको सहि सदुपयोग गर्ने बताएका छन् । उनले हाजार्डलाई युरोपा कप अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बेन्चमा राख्नु चेल्सीको ठुलो गल्ती गरेको बताएका हुन् । उक्त खेलमा चेल्सीले जर्मन क्लब इनट्रायच फ्रान्कफर्टसँग १-१ गोलको बराबरीमा खेलेको थियो । 

‘मैले अहिले सम्म बुझ्न सकेको छैनी की उत्कृष्ट खेलाडीलाई किन महत्वपूर्ण खेलमा खेलाएनन् ।’ ग्लेन भने, ‘चेल्सी तब हाजार्डको महत्व बुझने छन् जब उनी क्लब छोडेर अन्य क्लबका अनुबन्ध भएका हुने छन् । किनकी उनी एक उत्कृष्ट खेलाडी हुन् ।’ 

उनले थपे, ‘तर, चेल्सीले उनीबिना अन्य टिमको सामना गर्न खोज्नु राम्रो हो । तर, त्यो परिक्षण् पहिलो हाफ सम्म मात्र थियो ।’ हाजार्डले जारी सिजनको इंग्लिस प्रिमियर लिगका ३५ खेलमा १६ गाले गरेका छन् । 

उनले चेल्सीका लागि सबै खाले ४८ खेल खेल्दा १९ गोल गरेका छन् । हाजार्डले चेल्सीका लागि हाल सम्म ३४८ खेल खेल्दै १०८ गोल गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।