शनिबार, चैत २८, २०८२

‘मेस्सीको ६०० गोलले रोनाल्डोलाई तनाव’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पोर्चुगिज तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो जारी सिजनको इटालीयन सिरी ए फुटबलको शीर्ष गोल कर्ता हुन् । तर, उनी अर्जेन्टिनी तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्नो क्लबका लागि ६०० गोल पुरा गरेसँगै रोनाल्डोलाई तनाव बढेको उनका प्रशिक्षक मासिमिलियानो एलेग्रिल बताइएका छन् । 

मेस्सीले च्यािम्पयनस लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा लिभरपुलसँग दुई गोल गर्दै बार्सिलोनाका लागि आफ्नो करियरको ६०० गोल पुरा गरेका थिए । यससँगै युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रिले रोनाल्डो थप गोलको खोजीमा रहेको बताएका छन् । 

‘रोनाल्डो युभेन्ट्समा थप गोल गर्दै शीर्ष गोलकर्ताको रुपमा सिजनको अन्त्य गर्न चाहन्छन् । उनी थप गोलको खोजीमा छन् ।’ प्रशिक्षक एलेग्रिले भने, ‘मेस्सी रोनाल्डोका लागि एक प्रोत्साहन हुन् । हामीसँग एक डर्बी छ र मेस्सीले ६०० गोल पुरा गरेका छन् ।’ 

रानाल्डोले जारी सिजनको सिरी ‘ए’का २९ खेल खेल्दै २१ गोल गरेका छन् । उनले युभेन्ट्सका लागि सबै खाले ४१ खेलमा २८ गोल गरेका हुन् । यता मेस्सीले ला लिगाका ३२ खेलमा ३४ गोल गरेका छन् भने सबै खाले ४६ खेलमा ४८ गोल गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।