बिहीबार, साउन २१, २०८३

रोनाल्डोको गोलमा युभेन्ट्स हारबाट जोगियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतले युभेन्ट्स इटालियन सिरि ‘ए’ फुटबलमा हारबाट जोगिएको छ । शुक्रबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोसँग १-१ को बराबरी खेलेको हो । 

घरेलु मैदानमा भएको खेलमा युभेन्ट्स पछि परेको थियो । खेलको १८ औं मिनेटमा टोरिनोका सासा लुकिचले गोल गर्दै टोरिनोलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १-० गोलले पछि परेको अवस्थानमा खेलको दोस्रो हाफमा युभेन्ट्सले बराबरी गोल गर्यो । 

युभेन्ट्सका लागि रोनाल्डोले बराबरी गोल गरेका हुन् । उनले खेलको ८४ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाएका हुन् ।  युभेन्ट्सले यघिनै जारी सिजनको सिरि ‘ए’को उपाधि जिती सकेको छ । शीर्ष स्थानको युभेन्ट्सले ३५ खेलबाट ८९ अंक जोडेको छ । छैटौ स्थानको टोरिनोको ५७ अंक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।