शनिबार, चैत २८, २०८२

कोलकाताको प्लेअफ पुग्ने सम्भावना जिवित, पन्जाब बाहिरियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकत्ता नाईट राईडर्सले किंग्स ईलेभेन पञ्जाबलाइपराजित गरेको छ । शुक्रबार राति भएको खेलमा कोपकाताले पञ्जाबलाई ७ विकेटले पराजित गरेको हो । 

पन्जाबले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको कोलकाताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । कोलकाताका लागि सुभम गिलले अविजित ६५ रनको अर्धसतकीय पारी खेले । उनले ४९ बल मा ५ चौका र २ छक्का प्रहार गर्दै ६५ रनको अर्धसतकीय पारी खेलका हुन । 

त्यस्तै क्रिस लिनले ४६ रन बनाए । आक्रमक ब्याटिङ प्रस्तुत गरेका उनले मात्र २२ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन जोडे । आन्द्रे रसेलले २४ र रोबिन उथप्पा २२ रनमा आउट हुँदा कप्तान दिनेश कार्तिक २१ रनमा अविजिति रहे । पन्जाबका लागि मोहमद सामी, रभिचन्द्र आसिवन र आन्द्रे टाइले एक एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ  गरेको पन्जाबले निर्धाति २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । पञ्जाबका लागि साम कुरानले अविजित ५५ रन जोडे पनि टोलीको जितका लागि प्रयाप्त हुन सकेन् । उनले २४ बलमा ७ चौका र २ छक्का पहार गर्दै ५५ रनको अर्धसतकीय पारी खेले । 

२७ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै निकोलस पोरानले ४८ रन जोडे । मायाङ्का अग्रवालले ३६, मन्दीप सिंहले २५ र त्रिलस गेलले १४ रन जोडे । कोलकाताका सन्दीप वारियरले २ तथा ह्यारी गुर्ने, आन्द्रे रसेल र नितिस रानाले एक एक विकेट लिए । 

जितपछि कोलकत्ताले अघिल्लो चरण पुग्ने सम्भावनालाई जिवितै राखेको छ । पञ्जाब प्रतियोगिताबाट बाहिरिएको छ । समुह चरणमा एक खेल हुन बाँकी छ । कोलकत्ता र सनराइजर्स हैदरावादको प्लेअफमा पुग्ने सम्भावना बाँकी छ । प्रतियोगितामा चेन्नेई सुपर किंग्स, मुम्बई ईन्डियन्स र दिल्ली क्यापिटल्स प्लेअफमा प्रवेश गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।