मंगलबार, चैत ३, २०८२

लोया जिर्गाद्वारा स्थायी युद्धबिरामका लागि आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काबुल – अफगानिस्तानको काबुलमा सम्पन्न ऐतिहासिक ‘लोया जिर्गा’ (विशेष परिषद) बैठकले तत्काल स्थायी युद्धबिराम गर्न आह्वान गरेको छ। राष्ट्रपति अश्रफ घानीले परिषदको आह्वानलाई शर्तसहित कार्यान्वयन गर्ने बताएका छन्। 

यसै साता बसेको लोया जिर्गा बैठकमा अफगानिस्तानका करिब तीन हजार २०० प्रतिनिधि सहभागी थिए। बैठकमा धार्मिक तथा आदिवासी नेताहरु, राजनीतिक नेताहरु र दलका प्रतिनिधिहरुको उपस्थिति थियो। करिब १८ वर्षदेखि जारी हिंसात्मक युद्धलाई शान्तिपूर्ण समाधान खोज्ने उद्देश्यले लोया जिर्गा आयोजना गरिएको थियो।

बैठकपछि जारी घोषणापत्रमा अफगानिस्तान सरकार र तालिबान आन्दोलनले तत्कालै स्थायी युद्धबिराम घोषणा गर्न आग्रह गरिएको छ। घोषणामा युद्धबिराम इस्लाम धर्म अनुसार पवित्र महिना रमादानदेखि शुरु गर्न पनि सुझाइएको छ। 

अफगान राष्ट्रपति अश्रफ घानीले आफू युद्धबिरामको निष्पक्ष र बैधानिक माग कार्यान्वयनमा सदैब तत्पर रहेको बताउँदै यो एक पक्षीय हुन नसक्ने स्पष्ट गरे।

‘यदि तालिबान समूह युद्धबिरामका लागि पूर्ण रुपमा तयार हो भने हामी अरु प्राविधिक विषयमा कुराकानी गर्न सक्छौं,’ घानीले बताए। 

लोया जिर्गाको घोषणापत्रका बारेमा तालिबान समूहले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन। तालिबानी समूह यतिखेर कतारमा अमेरिकी शान्तिदूत जाल्मे खलिलजादसँग वार्तामा छ। विद्रोही तालिबान समूहले राष्ट्रपति घानीसँग वार्ता गर्न पनि अस्वीकार गरिरहेको छ। 

गत वर्ष तालिबानले रमादान महिनाको अन्त्यतिर तीन दिन युद्धबिराम घोषणा गरेको थियो। राष्ट्रपति घानीले पनि सरकारका तर्फबाट आठ दिनका लागि एकपक्षीय युद्धबिराम घोषणा गरेका थिए। अमेरिकी सैनिक हस्तक्षेप भएको सन् २००१ पछि पहिलोपटक भएको उक्त युद्धबिरामप्रति आमजनताले खुशी प्रकट गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।