एजेन्सी- लिभरपुलका मिडफिल्डर नाबी केइटाले जारी सिजनका बाँकी खेल गुमाउने भएको छन् । चोटका कारण दुई महिना आराम गर्नु पर्ने भएका उनले सिजनका बाँकी सबै खेल गुमाउनले भएका हुन् ।
नाबीले च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनासँग भएको सेमिफाइको पहिलो लेगमा चोट बोकेका थिए । चोटका कारण उनले अफ्रिका कप आप नेशन समेत गुमाउन सक्ने बताइएको छ । अफ्रिका कप आप नेशन २१ जुनमा इजिप्टमा सुरु हुँदै छ ।
‘यो अशुभ हो । उनलाई उच्च-ग्रेड एडेप्टरको चोट भएको छ । जुन पुन दोहरीएको हो ।’ लिभरपुलका प्रशिक्षक जुर्गन क्लोपले भने, ‘अफ्रिाका कप अफ नेशनमा उनी र हाम्रा लागि दुखद खबार हो ।’
नाबीले खेलको २४ औं मिनेटमा चोट बोकेका थिए । उक्त क्याम्प नाउमा भएको खेल बार्सिलोनाले ३-० ले जितेको थियो । नाबीलाई लिगका बाँकी खेलमा सम्झीने प्रशिक्षक क्लोपले बताएका छन् । लिभरपुलले न्युकास्टल र वेल्भससँग गरी लिगका दुई खेल खेल्न बाँकी छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४