शनिबार, चैत २८, २०८२

सावित्रा र अनिता औपचारीक रुपमा सेथुमा अनुबन्धित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबलकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत भारतीय फुटबल क्लब सेथुसँग औपचारिक रुपमा अनुबन्धित भएका भएका छन् । क्लबले सावित्रालाई बिहिबार अनुबन्ध गरेको थिष्यो भने अनितालाई शुक्रबार अनुबन्ध गरेको हो ।

यससँगै नेपाली खेलाडी सावित्रा र अनितले यसै साताबाट सुरु हुने ‘हिरो भारतीय महिला लिग’ खेल्ने भएका छन् । सावित्राले लिगमा ९ नम्बरको जर्सी लगाउने छीन् भने अनिताले १० नम्बरको जर्सी लगाउने छिन् । 

सावित्राले राष्ट्रिय टिम र घरेलु लिगहरुमा ९ नम्बर जर्सी लगाउँदै आएकि छिन् । यता अनिताले भने राष्ट्रिय टिम र घरेलु लिगमा ११ नम्बरको जर्सी लगाउने गरेकी थिइन् । 

१४ टोलीको सहभागीता रहेको  प्रतियागिता मे ५ बाट २२ सम्म पन्जाबमा हुनेछ । समूह ‘बी’मा रहेको तमिलनाडु क्लब सेथुले आफ्नो पहिलो खेल मनिपुर पुलिस स्पोर्टस् क्लबसँग मे ६ मा खेल्नेछ । 

सेथुले भारतीय राष्ट्रिय टिमका चर्चित खेलाडी असलता देबी लगायत स्ट्राइकर रतन बला देबी, सन्ध्या, डाग्मी गार्सी र स्विटी देबीलाई अनुबन्ध गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।