शुक्रबार, कात्तिक २८, २०८२

भारतीय अपहरणकारीको पन्जाबाट यसरी मुक्त भए दुई युवक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले अपहरणको तीन दिनपछि उनीहरूलाई भारतको बिहार राज्यको मोतीहारीबाट सकुशल उद्धार गरिएको हो।
 |  आइतबार, भदौ ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ६, २०७८

काठमाडौं– अपहरणमा परेका दुई युवकलाई भारतबाट प्रहरीले उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले अपहरणको तीन दिनपछि उनीहरूलाई भारतको बिहार राज्यको मोतीहारीबाट सकुशल उद्धार गरिएको हो।

National life

उद्धार गरिनेमा हेटौंडा उपमहानगरपालिका–९ स्वागत टोलका २३ वर्षीय गोविन्द श्रेष्ठ र २२ वर्षीय पवन राना मगर छन्। दुवै जनालाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।

उनीहरुलाई भदौ ३ गते राति साढे ९ बजे हेटौंडा बसपार्कबाट तीन जना भारतीय नागरिकले अपहरण गरेका थिए। अपहरण गरेर भारत लगेको खुलेपछि नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोग लिएको थियो। ‘भारतीय प्रहरीको सहयोगमा खोजी गर्दा उनीहरूलाइ मोतीहारी लगेको भेटियो’, रिमालले भने। अपहरणमा संलग्न भारतीयका साथबाट हतियार पनि बरामद गरिएको प्रहरीले जनाएको छ। 

अपहरणमुक्त भएका दुवै युवक लागूऔषध प्रयोगकर्ता भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। अनुसन्धानमा संलग्न अधिकारीहरूले लागूऔषध कारोबारका विषयमा कुरा नमिल्दा भारतीयले अपहरण गरेको हुन सक्ने शंका गरेका छन्। यद्यपि यसबारे अनुसन्धान जारी रहेको रिमालले बताए। उनका अनुसार अपहरण भएको दिन उनीहरु सँगै बसेर कुराकानी भएको पाइएको छ। 

 अपहरणकारीले उनीहरुसँग प्रतिव्यक्ति पाँच लाख भारतीय रुपैयाँ फिरौती माग गरेका थिए। फिरौती नपाए मिर्गौला बेचिदिने भन्दै यातनासमेत दिने गरेको पाइएको प्रहरीले जनाएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 22, 2021| 17:51 आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।