शनिबार, चैत २८, २०८२

काउटिन्होको समर्थनमा मेस्सी र सुआरेज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ब्राजिलियन तथा बार्सिलोनाका स्टार मिडफिल्डर फिलिप्पे काउटिन्होका लागि अर्का स्टार खेलाडी लियोनल मेस्सी र लुइस सुआरेज आवाज उठाएका छन् । च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा लिभरपुलविरुद्ध सुरुवाती ११ मा अटाएका काउटिन्होले आफ्नो पूर्व क्लबविरुद्ध प्रभाव जमाउन नसके पछि उनलाई परिवर्तन गरिएको थियो । 

खेलको ६० औं मिनेटमा उनको स्थानमा नेल्सन सेमेडो मैदान प्रवेश गरेका थिए । उक्त समय काउटिन्हो बार्साका समर्थनबाट नै आलोपचित भएका थिए । उक्त बिषयलाई लिएर स्वारेजले इनिस्ट्राग्रममा काउटिन्होसँगको तस्बिर सार्वजनिक गर्दै ‘हामी एक साथ बलिया छौ’ खेलेका छन् । 

लिभरपुलसँगको खेलमा दुई गोल गर्ने खेलाडी मेस्सीले समेत काउटिन्होको समर्थन गरेका छन् । मेस्सीले काउटिन्हो २०१८ मा बार्सिलोना आएपछि क्लबका लागि छुट्टै एक महत्वपूर्ण प्रभाव राखेको बताएका छन् । 

‘हामी एक निर्णायक समयमा छौ र कसैको आलोचना गर्ने समय हैन् ।’ मेस्सीले भने, ‘सिजनको सुरुवातमा हामीले जस्तो गर्ने बताएका छौ अहिले त्यो समय आएको छ ।’ उनले थपे, ‘टिमको साथि यसरी अपमानित भएको देख्नु दुखको बिषय हो । हामी सबै एक साथ हुनपर्छ र एक अर्कालाई समर्थन गर्नु पर्छ ।’ 

पछिल्लो समय संघर्षपूर्ण प्रदर्शन गरि रहेको काउटिन्होलाई केहि साता पहिले बार्सिलोनाले बेच्ने चर्चा चलेको थियो । उनी गत सिजन १४२ मिलियन पाउण्डको कीर्तिमानी मुल्यमा लिभरपुलबाट बार्सिलोना अनुबन्धित भएका थिए । 

गत सिजन उनले बार्सिलोनाका लागि सबै खाले २० खेलमा १० गोल गरेका थिए । जारी सिजनमा उनले ला लिगामा ३३ खेल खेल्दा ५ गोल गरेका छन् । उनले सबै खाले ५१ खेलमा ११ गोल गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।