शनिबार, चैत २८, २०८२

आर्सनलको भ्यालेन्सीयामाथी पुनरागमन जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- युरोपा लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आर्सनलले भ्यालेन्सियामाथी पुनरागमन जित निकालेको छ । बिहिबार राति भएको खेलमा इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले स्पेनिस ला लिग क्लब भ्यालेन्सियालाई ३-१ गोल अन्तरले पराजित गर्दै पुनरागमन जित निकालेको हो । 

आर्सनलको जितका लागि एलेक्जेन्डर लाकाजेट्टीले २ तथा पियरी एम्रिक अबुमियाङले एक गोल गरे । यता भ्यालेन्सियाका लागि मोक्टार दिखावबीले एक गोल गरे । खेलको ११ औं मिनेटमा भ्यालेन्सियाका मोक्टारले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, अग्रता भने धेरै समय टिक्न सकेन् । त्यसको ७ मिनेट नबित्दै एलेक्जान्डरले गोल गर्दै खेल बरारबीमा ल्याए । उनले खेलको १८ औं मिनेटमा अउबामेयाङको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका हुन् ।

त्यस्तै खेलको २५ औं मिनेटमा पुनः एलेक्जान्डरले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा थप एक गोल गर्ने क्रममा एम्रिकले गरे । 

उनले खेलको अन्तिम मिनेटमा गोल गर्दै सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई ३-१ को जित दिलाए । आर्सनलले अवे खेलमा अर्को बिहिबार भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।