बिहीबार, साउन २१, २०८३

युरोपा लिग : चेल्सी बराबरीमा रोकियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- युईएफए युरोपा लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सी बाबरीमा रोकिएको छ । बिहिबार राती भएको खेलमा चेल्सी जर्मन क्लब आइनट्रायच फ्रान्कफर्टसँग १-१ गोलको बराबरीमा रोकिएको हो । 

आइनट्रायचका लागि लुका जोभिचले गोल गर्दा पाहुना टोली चेल्सीका लागि पेड्रोले बरारबी गोल फर्काएका थिए । खेलको २३ औ मिनेटमा पछि परेको पाहुना टोली चेल्सीले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । 

घरेलु टोलीका लागि लुका जोभिचले गोल गर्दै अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्तिम मिनेटमा चेल्सीका पेड्रोले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफमा १-१ को बराबरी भएको खेलको दोस्रो हाफमा भने कुनै गोल हुन सकेन् । 

दोस्रो हाफमा दुबै टोलीबाट कुनै थप गोल हुन नसक्दा खेल १-१ को बराबरीमा टुङ्गीएको हो । यस बराबरीसँगै दुबैटोलीले फाइनल पुग्ने सम्भावना जिवितै राखेका छन् । अब दोस्रो लेग चेल्सीको आफ्नो घरेलु मौदनमा अर्को हप्ता खेल्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।