शनिबार, चैत २८, २०८२

मुम्बई आइपिएलको प्ले अफमा प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । बिहिबार भएको खेलमा सनराईजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बईले प्ले अफमा स्थान बनाएको हो  ।

मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६२ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा हैदरावादले २ विकेट गुमाएर ८ रन जोड्दै मुम्बईलाई ९ रनको लक्ष्य दिएको थियो । जवाफमा मुम्बईले विना विकेटको क्षतिमा ३ बलमा लक्ष्य पुरा गर्यो । राशिद खानको बलिङमा मुम्बईका हार्दिक पाण्डयाले एक छक्कासहित ७ रन जोडे ।

सुपर ओभरमा जानुअघि हैदरावादका मनिस पाण्डेले अविजित ७१ रन जोडेका थिए । उनले ४७ बलमा ८ चौका र २ छक्का पहार गर्दै ७१ रन जोडेका थिए । मोहमद नाबीले २० बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३१ रन जोडे । त्यस्तै रिद्दिमान साहले २५, मार्टिन गुप्तीलले १५ र विजय संकरले १२ रन जोडे । मुम्बईका जस्प्रित बुम्राह, हार्दिक पाण्डया र कुर्नाल पाण्डयाले दुई दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । मुम्बईका लागि क्विनटन डी ककले अविजित रहदै ६९ रनको अर्धशतकीय पारी खेले । 

उनले ५८ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे । कप्तान रोहित शर्माले १८ बलमा ४ चौका प्रहार गर्दै २४, सूर्यकुमार यादवले १७ बलमा ३ चौका र १ छक्का प्रहर गर्दै २३ रन जोडे । त्यस्तै हार्दिक पाण्डेयले १८ र पोलार्डले १० रन जोडेका थिए । हैदरावादका खलिल अहमेदले ३ विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।