काठमाडौं- ‘वुमन्स च्याम्पियन्स लिग’ टी-२० क्रिकेटका लागि खेलाडी दर्ता सुरु भएको छ । आयोजकले बिहिबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै खेलाडी दर्ता प्रक्रिया सुरु भएको जनाएको हो ।
खेलाडी दर्ता प्रक्रिया आगामी वैशाख २५ गतेसम्म रहने आयोजकले जनाएको छ । दर्ताका लागि आयोजकले खेलाडीहरूलाई डायमण्ड, सफायर, रुबिज र वाइल्ड कार्ड इन्ट्री गरी चार श्रेणीमा विभाजन गरेको छ ।
डायमण्ड श्रेणीमा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू पर्ने छन् । यस्तै रुबिजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका र सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरू पर्ने छन् ।
वाइल्ड कार्ड इन्ट्रीमा ट्यालेन्ट हन्टमार्फत छनोट भएर आएका खेलाडीहरू पर्ने छन् । प्रतियोगितामा सहभागी प्रत्येक टोलीले दुई÷दुई जना वाइल्ड कार्ड इन्ट्रीका खेलाडीलाई समावेश गर्नुपर्ने छ । पहिलो संकरणको लिगमा ललितपुर फाल्कोन्स,पोखरा पल्टन,क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्ने छन् ।
नाम दर्ताका लागि 'क्लिक' गर्नुस्
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४