शनिबार, चैत २८, २०८२

राष्ट्रिय क्रिकेट टोली नगदसहित सम्मानित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- युएईविरुद्धको ऐतिहासिक एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रिंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगदसहित सम्मानित गरिएको छ । ऐतिहासिक श्रिंखला विजेता नेपाली टोलीलाई बिहिबार युवा तथा खेलकूद मन्त्रालयमा नगद सहित सम्मान गरेका हो । 

खेलाडीलाई खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव केवशकुमार विष्टले जनही पाँच लाख र अफिसियललाई जनही दुई लाख तथा मुख्य प्रक्षिकलाई तीन लाखसहित सम्मान गरेको हो । 

नेपालले गत माघमा युएईविरुद्धको तीन एक दिवसीय र टी-२० श्रिंखला जितेको थियो । जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट एकदिवसीय मान्यता पाएपछि नेपालको पहिलो एकदिवसीय र टी-२० श्रिखला थियो ।

सम्मानित हुने नेपाली खेलाडीमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अविनास बोहरा, वसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सन्दीप जोरा रहेका छन् ।

श्रिंखला जितेपछि सरकारले गत माघ २५ गते क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरिएको थियो । सो अवसरमा मन्त्री विश्वकर्माले तत्कालका लागि खेलाडीको हौसला बढाउन उक्त निर्णय गरिएको बताउँदै खेलाडीलाई बढीभन्दा बढी सुविधा उपलब्ध गराउनेतर्फ सरकार गम्भीर रहेको बताउए ।

यसैगरी विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई सम्मानस्वरूप सरकारले पाँच लाख प्रदान गरेको छ । गत डिसेम्बरमा थाइल्याण्डको चेनमाईमा भएको १०औँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपको ७५ केजीमा महेश्वरले स्वर्ण पदक जितेका थिए । विश्व शारीरिक सुगठनमा स्वर्ण जित्ने महेश्वर एक्लो नेपाली खेलाडी हुन् । महेश्वर एशियाली शारीरिक सुगठनका पनि एक्लो स्वर्णधारी नेपाली खेलाडी हुन् । 

त्यसैगरी झन्डै तीन वर्षअघि १२औँ दक्षिण एशियाली खेलकूद (साग) को स्वर्ण पदक जित्ने नेपाली यू-२३ फुटबल टोलीका सदस्यलाई थप तीन लाख प्रदान गरिएको छ । त्यस्तै सरकारले यसअघि फुटबल टोलीका सागका अन्य पदक विजेता खेलाडीलाई जनही दुई लाख उपलब्ध गराएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।