शनिबार, चैत २८, २०८२

बार्सामा मेस्सीको ६०० औं गोल पुरा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-अजेन्टिनी तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले बार्सिलोनाका लागि ६०० औं गोलको कोसेढुंगा पार गरेका छन् । ३१ वर्षीय मेस्सीले बुधबार लिभरपुलविरुद्ध भएको खेलमा दुई गोल गर्दै बार्साका लागि ६०० औं गोलको कोसेढुंगा पार गरेका हुन् । 

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सलोनालाई ३-० गोल अन्तरको जित दिलाउँदा मेस्सीले दुई गोल गरेका थिए । सन् २००४-२००५ को सिजन देखि बार्सिलोनाको सिनियर टोलीमा बिताउँदै आएका मेस्सीले बार्सिलानाका लागि हाल सम्म ६८३ खेल खेलेका छन् । 

बार्सिलोनामा १५ सिजन खेलेका उनले बार्सिलोनाका लागि ६०० गोल गरे । मेस्सीले स्पेनिस ला लिगामा हाल सम्म ४५० खेल खेल्दै ४१७ गोल गरेका छन् । त्यस्तै कोपा डेल रेमा ७२ खेल खेल्दा ५० गोल, च्याम्पियन्स लिगका १३४ खेल खेल्दा ११२ गोल तथा अन्य २७ खेलमा २१ गोल गरी बार्सिलोनाका लागि ६००औं गोल पुरा गरेका हुन् । 

मेस्सी बार्सिलोनाका सर्वाधिक गोलकर्तासँगै असिस्टकर्ता खेलाडी पनि हुन् । उनी बार्सिलोनाका लागि सबैभन्दा बढी उपाधि जित्ने पहिलो खेलाडी समेत हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।