बिहीबार, साउन २१, २०८३

बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी-स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुललाई पराजित गरेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको हो । 

घरेलु टोलीलाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गर्दा लुइस स्वारेजले एक गोल गरे । खेलको पहिलो हाफमा १-० ले अघी रहेको घरेलु टोलीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

खेलको २६ औं मिनेटमा स्वारेजको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । च्याम्पियन्स लिगमा सिजनको पहिलो गोल गरेका स्वारेजले जोर्डी अल्बाको पासमा उत्कृष्ट गोल गरेका हुन् । 

त्यसपछि दोस्रो हाफमा थप दुई गोल गर्दा दुबै गोल क्पतान मेस्सीले गरे । उनले खेलको ७५ औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । त्यसपछि खेलको ८२ औं मिनेटमा व्यक्तीगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पहिलो लेगमा ३-० को सानदार जित दिलाए । 

यस जितसँगै बार्सिलोनाले आफ्नो फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेग लिभरपुलको घरेलु मैदान एनफिल्डमा मार्च ७ तारीख हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।