शनिबार, चैत २८, २०८२

चेन्नईसँग दिल्ली पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्स चेन्नई सुपर किंग्ससँग पराजित भएको छ । बुधबार राती भएको खेलमा दिल्ली चेन्नईसँग ८० रनले पराजित भएको हो । 

चेन्नईको घरेलु मैदान चिदामबराम क्रिकेट स्टेडियममा घरेलु टोलीले दिएको १ सय ८० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले १६.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९९ रन बनाउन सक्यो । 

दिल्लीका लागि कप्तान श्रेयस एयरले ४४ तथा शिखर धवनले १९ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले चेन्नईका बलर सामु खुलेर खेल्न सकेनन् । श्रेयसले ३१ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरेका थिए । चेन्नईका लागि इमरान ताहिरले ४ तथा रबिन्द्र जडेजाले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । चेन्नईका लागि सुरेश रैनाले ५९ रनको अर्धशतकीय पारी खेले । उनले ३७ बलको सामना गर्दै ८ चौका र १ छक्का प्रहार गर्दै ५९ रन जोडेका थिए । 

त्यस्तै कप्तान महेन्द्र सिंह धोनी ४४ रनमा अविजित रहे । उनले २२ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरेका थिए । ४१ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै फाप डु प्लेसिसले ३९ रन बनाए । रविन्द्र जडेजाले २५ रन बनाए । दिल्लीका जगदीश सुचिथले २ विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।