शनिबार, चैत २८, २०८२

पिएसजीको लज्जास्पद हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पेरिस सेन्ट जर्मन (पिएसजी)ले लिग वानमा मोन्टपिलरसँग लज्जास्पद हार व्यहोरेको छ । मंगलबार राती मोन्टपिलरको घरेलु मैदानमा भएको खेलमा ३-२ गोल अन्तरले पराजति भएको हो । 

खेलमा सुरुवाती अग्रता लिएको पिएसजीले अग्रता जोगाउन नसक्दा लज्जास्पद हार व्यहोर्यो । घरेलु टोलीका लागि एन्डी डेलोर्ट र सुउलेमान क्यामेराले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । त्यस्तै पिएसजीले पनि एक गोल आत्मघाती उपहार पाउँदा एक गोाल एन्जल डी मारीयाले गरेका थिए । 

पिएसजीले खेलमा आत्मघाती गोलबाट सुरुवाती अग्रता लिएको थियो । खेलको १२ औं मिनेटमा एमब्रोइज ओयोङ्गोको आत्मघाती गोल गरेपछि पिएसजी खेलमा अगाडी बढेको थियो । त्यसपछि आत्मघाती गोलबाट नै खेल पुन १-१ को बराबरीमा आयो । 

खेलको २१ औं मिनेटमा पिएसजीका प्रसनल मिम्पेम्बेले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो । पहिलो हाफमा १-१ को बराबरी भइएको खेलको दोस्रो हाफमा मोन्टपिलरले दुई गोल थप्दा पिएसजीले एक गोल मत्र गर्न सक्यो । 

दोस्रो हाफको ६२ औं मिनेटमा एन्जल डि मारीयाले गोल गर्दै पाहुना टोलीलाई पुनः अग्रता दिलाए । तर, ८० औं मिनेटमा एन्डीले गोल गर्दै खेल पुन २-२ को बराबरीमा ल्याए । त्यसपछि ८५ औं मिनेटमा क्यामेराले गोल गर्दै मोन्टपिलरलाई ३-१ को जित दिलाए । पराजित भएपनि लिग वानको उपाधि यसअघि नै पिएसजीले जिति सकेको छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।